नियम ४५
नीति व्यवस्थापन समूह
(१) सरकारी वकील कार्यालयको सुदृढीकरण लगायत नीति निर्माणसँग सम्बन्धित विषयमा महान्यायाधिवक्ता तथा नियम ४३ बमोजिमको व्यवस्थापन समितिलाई सुझाव तथा परामर्श उपलब्ध . गराउन महान्यायाधिवक्ताको कार्यालयका नायब महान्यायाधिवक्ता तथा सहन्यायाधिवक्ताहरु रहेको एक नीति व्यवस्थापन समूह रहनेछ ।
(२) उपनियम (१) बमोजिमको नीति व्यवस्थापन समूहको बैठक आवश्यकता अनुसार बस्नेछ ।
(३) उपनियम (१) बमोजिमको नीति व्यवस्थापन समूहको सचिवको रुपमा प्रशासन शाखा हेर्ने उपन्यायाधिवक्ताले काम गर्नेछ ।
(२) उपनियम (१) बमोजिमको नीति व्यवस्थापन समूहको बैठक आवश्यकता अनुसार बस्नेछ ।
(३) उपनियम (१) बमोजिमको नीति व्यवस्थापन समूहको सचिवको रुपमा प्रशासन शाखा हेर्ने उपन्यायाधिवक्ताले काम गर्नेछ ।